कमिशनका लागि टेण्डर आव्हान


स्याङ्जा, ३२ साउन

स्याङ्जाको एक विद्यालयले कमिशनका लागि टेण्डर आव्हान गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ५ गौडेबजारस्थित शितला माध्यामिक विद्यालयले विषयगत कार्यालय प्रमुखसँग मिलेमतो गरेर कमिशनका लागि टेण्डर आव्हान गरेको हो ।

टेण्डर आव्हान गर्दा आर्थिक हिसाब र काम पारदर्शी हुने भएपनि विद्यालयको उक्त योजनालाई टेण्डर आव्हान गर्न मिल्दैन् । विद्यालयका अध्यक्ष योगेन्द्रबहादुर कार्की, प्रधानाध्यापक भिमप्रसाद शर्मा र जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षा प्रमुख रामप्रसाद आचार्यको मिलेमतोमा टेण्डर आव्हान भएको विद्यालय श्रोतले जनाएको छ ।

भूकम्प प्राभावित विद्यालयको पूर्ननिर्माण गर्नका लागि आयोजना मार्फत उक्त विद्यालयलाई ४ कोठे भवन परेको थियो । प्राविधिक मुल्याङ्कनबाट ६६ लाखदेखि ७२ लाखसम्मको योजनामा कार्की, शर्मा र आचार्यको मिलेमतोमा १३ लाख २० हजारदेखि १४ लाख ४० हजारसम्म कमिशन मोलमोलाई भएको थियो ।

मोलमोलाई बाहिरीने भएपछि विद्यालयले आन्तरिक निर्णय गर्दै भवन विद्यालयले निर्माण गर्ने तयारी थालेको श्रोतको भनाई छ । श्रोतका अनुसार लाखौं रुपैयाँको मोलमोलाई बाहिरीने डरमा आचार्यको कडा निर्देशनमा भवन विद्यालयले बनाउने भएको छ ।

टेण्डर आव्हान गर्न मिल्ने नमिल्ने बारेमा आफूहरुलाई जानकारी नहुँदा भुलबस टेण्डर आव्हान गरिएको अध्यक्ष कार्की र प्रअ शर्माले स्वीकार गरे । प्राविधिक विषय हामीलाई जानकारी थिएन् तर टेण्डर निस्केपछि टेण्डर आव्हान गर्न नमिल्ने जानकारी भयो कार्की र शर्माले भने, “टेण्डरबाट काम गर्न नमिल्ने भएपछि भवन विद्यालय मार्फत निर्माण गछौं ।”

“भवन निर्माणको काम टेण्डर आव्हान गर्न नमिल्ने कुरा योजना सम्झौताकै समयमा जानकारी हुन्छ ।” श्रोतले भन्यो, “कमिशनको मोलमोलाई बाहिर जाने भएपछि कार्की र शर्माले प्राविधिक विषय भन्दै उम्कने प्रयास गरेका छन् ।” कार्की, शर्मा र आचार्यको मिलेमतोको बारेमा छानविकन गर्न स्थानीयले समेत माग गरेका छन् ।

पुतलीबजार नगरपालिकाले नगर शिक्षा ऐन मार्फत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दल अनुकूल व्यक्तिलाई नियुक्ती गर्दा नगर क्षेत्रका विद्यालयमा भ्रष्टाचार मौलाएको स्थानीय शिक्षाबिद्धको भनाई छ । शिक्षा ऐन दल परिभाषित भएपछि भ्रष्टाचार मौलाउने मौका मिलेको बिद्धको बुझाई छ ।

तपाईको वडामा शिक्षा ईकाइ मार्फत ४ कोठे भवन परेको रहेछ, टेण्डर आव्हान भएको हो ? भन्ने प्रश्नमा वडाध्याक्ष रामचन्द्र रेग्मीले आफ्नो वडाको उक्त विद्यालयमा योजना परेको थाहा भएपनि विद्यालयले टेण्डर निकालेको बारेमा जानकारी नभएको बताए । विद्यालय आफैले गर्नुपर्ने निर्माणको काम टेण्डर निकालेको भए त्यो गलत भएको रेग्मीले दाबी गरे ।

उता शिक्षा ईकाइका प्रमुख आचार्यले विद्यालयमा प्रयोग हुने रेलिङ्, त्रिकोश, चौकश, झ्याल, ढोका र च्यानल गेट निर्माण कम्पनीसँग मिलोमतोमा कमिशन लिने गरेको खुलासा भएको छ । उनले निर्माण कम्पनीसँग कमिशन लिने र योजना परेका विद्यालयलाई उक्त कम्पनीसँग हाम्रो मापदण्ड अनुसारको सामान छ, भन्दै त्यही खरिद गर्नुपर्ने बाध्य बनाएको विद्यालयले जनाएको छ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: