कोरियामा कोरोना सङ्क्रमण पुनः देखियो, नियन्त्रण बाहिर जानसक्ने


सउल । 

कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ ।

लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् ।

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।

विशेष गरी सभा र्‍यालि, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस सङ्क्रमण फैलिएको हो ।

हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ ।

कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: