पीएसजीको जितमा इकार्डीको गोल

एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मन ९पीएसजी० विजयी भएको छ । रेइम्सको घरेलु मैदानमा भएको खेलमा पीएसजी २–० ले विजयी भएको हो । 

फ्रेन्च लिग वान फुटबलमा पीएसजीले लगातार तेस्रो जित निकाल्दा इकार्डी नयाक बने । उनले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप एक गोल गरेका थिए । 

खेलको नवौं मिनेटमा नै इकार्डीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले युवा स्ट्राइकर केलियन एम्बाप्पेको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । 

त्यस्तै ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गरे । आफ्नो दोस्रो गोल पनि उनले एम्बाप्पेकै पासमा गरेका थिए । त्यसपछि दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा खेल पीएसजीले २–० गोलले जितेको हो । 

जितसँगै पीएसजीले पाँच खेलबाट नौ अंक जोडेको अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । यता पराजित रेइम्स भने समान खेलबाट एक अंक जोड्दै १९ औं स्थानमा छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: