ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक २०२०,२१ खेल तालिकाअनुसार नयाँ सिजन पहिलो एल क्लासिको अक्टोबरमा हुने भएको छ ।

तालिका अनुसार बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त अक्टोबर २५ मा क्याम्प नाउमा हुनेछ । यस्तै दोस्रो एल क्लासिको सान्टियागो बर्नाबेउमा भिडन्त अप्रिल ११ हुनेछ ।

तालिकाअनुसार ला लिगाको नयाँ सिजनको पहिलो दिन सेप्टेम्बर १३ मा १० खेल हुनेछ । पहिलो दिनको खेलमा च्याम्पियन रियल मड्रिडले गेटाफेसँग खेल्दै सिजनको सुरुवात गर्नेछ । बार्सिलोनाले भने इल्चे एफसीसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: