एटिएमबाट मासिक ४ लाख रुपैयाँमात्रै निकाल्न मिल्ने, यस्तो छ विद्युतीय भुक्तानीको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेविट कार्डको माध्यमबाट एक महिनामा ४ लाख रुपैयाँमात्रै निकाल्न मिल्ने व्यवस्था गरेको छ। विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोक्ने क्रममा राष्ट्र बैंकले डेविट कार्डमार्फत एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा एक लाख रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था गरेको हो। 

सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइदैन। तर ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म रकम झिक्न पाउने राष्ट्र बैंकले जनाएको छ। 

ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत् सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्दा उपयुक्त अधिकतम सीमाले बाधा नगर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। कुनै पनि सामान खरिद गरेपछि एटिएम कार्डमार्फत् भुक्तानी गरेमा जति पनि पाउने छन्। 

बैंक तथा वित्तीय सस्थाले प्रिपेड कार्ड जारी गर्दा प्रतिग्राहक एक लाख र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले अधिकतम २५ हजार रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन्। 

राष्ट्र बैंकले मोबाइल बैंकिङको अधिकतम सीमा प्रति दिन एक लाख रुपैयाँ र प्रति महिना १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ। इन्टरनेटमार्फत् हुने मर्चेन्ट भुक्तानीको सीमा प्रति दिन १० लाख रुपैयाँसम्म र प्रति महिना ३० लाख रुपैयाँसम्म पाइनेछ। साथै इन्टरनेटमार्फत् बैंक खातामा ट्रान्सफर गर्दा प्रति दिन १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्म पाउने छन्। 

वालेटको माध्यममार्फत् गरिने भुक्तानीमा पनि राष्ट्र बैंकले सीमा तोकेको छ। एजेन्ट वा सवएजेन्टमार्फत् वालेटमा भुक्तानी गर्दा एक दिनमा २५ हजार रुपैयाँसम्म र मासिक एक लाख रुपैयाँसम्म मात्रै पाइनेछ। 

बैंक खाता तथा एक वालेटबाट अर्को वालेटमा फण्ड पठाउदा एक पटकमा २५ हजार रुपैयाँसम्म पाइनेछ। त्यस्तै एक दिनमा एक लाख रुपैयाँसम्म र एक महिनामा ५ लाख रुपैयाँसम्म पाइनेछ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: