कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको मृत्यु

चितवन । चितवनमा शुक्रबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की ५२ वर्षीया एक महिलाको शुक्रबार दिउँसो पौने २ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । 

कलेजका सञ्‍चार संयोजक हरि बोहोराका अनुसार ती महिला छातीको गम्भीर समस्या भएर भदौ ११ गते भर्ना भएकी थिइन् । 

उनको सोही दिन कोराना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको बोहोराले बताए । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: