बिदामा नेपाल फर्किएकाहरु पुनः बहराइन फर्कन पाउने, यस्तो छ नियम

काठमाडौं । बहराइनबाट बिदामा नेपाल फर्किएका नेपाली पुनः बहराइन फर्कन पाउने भएका छन् ।

धेरै नेपाली बिदामा बहराइनबाट नेपाल फर्किएका बेला विश्वव्यापी कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएका थिए । जसकाकारण उनीहरु नेपालमै रोकिनुपर्‍यो ।

हवाई उडानहरु सुरु हुन लागेपछि पुनः रोजगारीमा बहाल हुन बहराइन फर्किन इच्छुकहरुको तथ्यांक दूतावासले संकलन गर्दै आएको छ । हालसम्म इमेलमार्फत दूतावासमा सम्पर्क गरी बहराइन फर्कन चाहने २११ नेपालीको सूची दूतावासले सार्वजनिक गरेको छ ।

बहराइन फर्कन चाहने प्रत्येक यात्रुले निम्‍न सर्तको अनिवार्य पालना गर्नुपर्नेछ ।

१. कानुनबमोजिम निर्धारित आवश्यक प्रबन्ध (भिसा, श्रम स्वीकृति कोरोना नेगेटिभ रिपोर्ट) तथा कागजात साथमा लिएर यात्रा गर्नुपर्नेछ । एवं आ(आफ्नो रोजगारदाताले रोजगारी दिने अवस्थाको ग्यारेन्टी स्वयंले लिनुपर्नेछ ।

२. बहराइन आगमनपश्चात बहराइन सरकारबाट सञ्‍चालित “बी अवेयर एप डाउनलोड गरी विमानस्थलमै त्यसमा भएको व्यक्तिगत विवरण भर्नुपर्नेछ । बहराइन पुग्‍नासाथ अध्यागमनमा प्रथमपटक बी.डी. ३० तिरेर कोरोना परीक्षण गराउनुपर्नेछ तथा परिणाम नेगेटिभ आए पनि सात दिन आइसोलेसनमा बसेर पुनः बी.डी. ३० तिरेर कोरोना परीक्षण गराउनुपर्नेछ । सो खर्चको दायित्व निज आफैंले लिनुपर्नेछ ।

३. यात्रा गर्नुअगावै प्रस्थान अनुमतिका लागि नेपाल सरकारबाट निर्देशित सबै सर्त पालना गर्नुपर्ने दायित्व सम्बन्धित व्यक्तिको हुनेछ ।

४. कुनै कारणले बहराइन आइसकेपछि पनि अध्यागमनले प्रवेश अनुमति नदिएको अवस्थामा स्वंय जिम्मेवारी हुनुपर्नेछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: