भारतको कोभिड–१९ खोप कूटनीति, सहयोग गर्ने छिमेकीलाई निल्शुल्क

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको पार्ने लागि अहिलेसम्म कुनै विशिष्टु औषधि फेला परेको छैन । त्यसैगरी कोरोनाविरुद्धको एकमात्र आशाको रुपमा विश्वभर विकास भइरहेका खोपहरुलाई लिइएको छ । सन् २०१९ को डिसेम्बर अन्तिबाट सुरु भएको कोरोनाले आठ महिनासम्म नियन्त्रणमा आउन सकेको छैन । संक्रमण थप फैलिँदै गएको छ भने स्वास्थ्य प्रणालीलाई कमजोर बनाइरहेको छ । 

विश्वका शक्ति राष्ट्रहरु भने कोरोनाविरुद्धको खोप विकास र वितरणको प्रतिस्पर्धामा छन् । कोरोनाविरुद्धको खोपको नेतृत्व लिने दौडमा रहेका शक्ति राष्ट्रहरुले यसलाई बलियो कूटनीतिक अस्त्रको रुपमा प्रयोग गर्न थालेका छन् । कोरोनाको उद्‌गम मानिएको चीनले नेपाल, पाकिस्तान, फिलिपिन्सलगायत एसियाली, अफ्रिकी र ल्याटिन अमेरकी मुलुकहरुलाई उपलब्ध गराउने बताएको छ । चीनले तेस्रो चरणको परीक्षणमा रहेको खोप जुलाईदेखि आपतकालीन प्रयोग गर्दै आएको दाबी गरेको छ । 

रुसले अगस्त ११ मा नै कोरोनाविरुद्ध विश्वकै पहिलो खोप विकास गरेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्‍लादिमिर पुटिनले उक्त खोप आफ्नो छोरीलाई दिइएको दाबी गरेका थिए । त्यसैगरी संयुक्त राज्य अमेरिकाले पनि नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गर्दै कोरोना खोपको विकासमा तीव्रता दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन दिइरहेका छन् । उनले कोरोनाविरुद्धको खोप विकास गरेर कोरोना नियन्त्रणका सम्बन्ध भइरहेको आलोचनालाई मत्थर पार्ने योजनामा छन् । 

यससँगै नेपालको अर्को छिमेकी मुलुक भारतले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ । अगस्त १५ मा भारतको स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ूएक होइन, दुई होइन, भारतमा तीनवटा कोरोना भाइरस खोपको परीक्षण भइरहेको छ ।” उनले वैज्ञानिकहरुले ुक्लिनिकल ट्रायलु सफल भएको औपचारिक मान्यता दिएपछि भारत ठूलो मात्रमा खोप उत्पादन गर्न सक्षम भएको बताएका थिए ।

भारतमा दुईवटा आन्तरिक र एउटा अक्सफोर्डले विकास गरेको खोपको परीक्षण भइरहेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिनु विश्वमा विकास भएर तेस्रो चरणको परीक्षणमा रहेका कोरोनाविरुद्धका खोपमध्येको पहिलो स्थानमा छन् । यसलाई भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाुले भारतमा परीक्षण गरिरहेको छ । यो खोप बेलायत, ब्राजिल र साउथ अफ्रिकामा तेस्रो चरणमा छन् । 

त्यसैगरी भारतको आन्तरिक रुपमा विकास गरेका अन्य दुई खोपहरु पनि मानव परीक्षणको दोस्रो चरणमा छन् । खोप विकास र उत्पादनमा ध्यान केन्द्रित भएसँगै वितरण योजना पनि बनाइरहेका छन् । अन्य मुलुकलेजस्तै भारतले पनि कोरोनाविरुद्धको खोपलाई कूटनीतिक अस्त्रु का रुपमा प्रयोग गर्ने योजना बनाएको छ । 

भारतको प्राथमिकता

खोप विकास गरिसकेपछि कसरी उत्पादन र वितरणलाई थप व्यवस्थित र सुदृढ बनाउने भन्‍ने विषयमा अझै छलफल चलिरहेको भारतका एक स्वास्थ्य अधिकारीले हिन्दुस्तान टाइम्सलाई बताएका छन् । जसका लागि भारतको नीति आयोगका प्रमुख डा. भीके पउलको नेतृत्वको टोली खोप विज्ञहरुको समूहसँग परामर्श गरेर योजनाको विवरण तयार गरिरहेका छन् । उक्त टोलीले कसरी खोप उत्पादन र वितरण गर्ने भन्‍ने प्रतिवेदन बुझाएपछि भारतको स्वास्थ्य र विदेश मन्त्रालयका अधिकारीहरुले त्यसलाई अनुमोदन गर्नेछन् । 

गत साता भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्‍गलाले ढाकाको भ्रमणका क्रममा भने, ूहाम्रा नजिकका छिमेकीहरू, मित्रहरू, साझेदारहरू र अन्य देशहरुलाई भारतले खोप उपलब्ध गराउनेछ ।

स्रोतले हिन्दुस्तान टाइम्सलाई बताएअनुसार भारतले खोप वितरणमा पाँचवटा मोडल तयार गरेका छन् । जसमा पहिलो मोडलमा नजिकका छिमेकीहरु अफगानिस्तान र सार्क मुलुकहरुलाई निल्शुल्क वितरण गर्ने जनाएको छ । यसमा पाकिस्तानलाई भने खोप उपलब्ध नगराउने विषयमा छलफल भइरहेको जनाइएको छ । पाकिस्तानलाई चीनले खोप दिने भएका कारण भारतले नदिने विषयमा छलफल भइरहेको बताइएको छ । 

दोस्रोमा भारतको अन्तर्राष्ट्रिय दायित्वका रूपमा विश्वका अन्य गरिब मुलुकहरुलाई ठूलो अनुदान दिएर वितरण गरिनेछ । भारतको यस योजनाबाट अधिकांश अफ्रिकी मुलुकहरु लाभान्वित हुनेछन् । 

तेस्रोमा भारतबाट खोप लिन चाहने केही सम्पन्‍न मुलुकहरुले बजार मूल्यमा खोप प्राप्त गर्नेछन् । चौथोमा भारतले तेस्रो चरणमा केही मुलुकहरुमा परीक्षणमा सहभागी गराउने र ती मुलुकहरुलाई केही डोज निस्शुल्क उपलब्ध गराउनेछ । र पाँचौंमा भारतले दुई खोपको सह(उत्पादनको लागि केही देशहरूलाई अवसर प्रदान गर्न सक्ने जनाइएको छ । जसले गर्दा खोप उत्पादनमा तीव्रता आउनेछ । 


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: