‘एभर्टनले राम्रा खेलाडी अनुबन्ध गर्ने आशा छ’

एजेन्सी । कोलम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेजले प्रिमियर लिग क्लब एभर्टनले केही ठूला खेलाडी अनुबन्ध गर्ने आशा व्यक्त गरेका छन् । प्रिमियर लिगको यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको एभर्टनले केही ठूला खेलाडी अनुबन्ध गर्ने योजना बनाएको छ ।

एभर्टनले रोड्रिग्वेजलाई भर्खरै मात्र स्पेनिस क्लब रियल मड्रिडबाट उनलाई एर्भटनले २० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । २९ वर्षीय कोलम्बियन मिडफिल्डर पछिल्लो समय वार्यन म्युनिखमा लोनमा गएका थिए । उनी सन् २०१७ मा रियलबाट वायर्नमा लोनमा गएका थिए ।

“हाम्रो कहिले कहिले बलियो हुने र कहिले कमजोर हुने प्रदर्शनले टिमलाई लिगको उपाधि जित्ने तर्फ उन्मुख गर्न सक्दैन । त्यसका लागि क्लबले केही ठूला खेलाडीलाई अनुबन्ध गर्न आवश्यक छ । त्यसले गर्दा विश्व फुटबलकै उत्कृष्ट प्रशिक्षकहरुमा गनिने प्रशिक्षकलाई प्रशिक्षण गराउन र खेलको स्तर मिलाउन सहज हुनेछ,” लिभरपुल इचोसँगको कुराकानीमा उनले भने । 

रोड्रिग्वेजले रियलका लागि ८५ लिग खेल खेलेका उनले ८५ गोल गरेका थिए । वायर्नका लागि भने ४३ लिग खेल खेल्दै १४ गोल गर्न सफल भए । एभर्टनसँग रोड्रिग्वेजले दुई वर्षको सम्झौता गरेका छन् । एभर्टनले आज टोटेनहमसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दै छ । उक्त खेलबाट रोड्रिग्वेजले एभर्टनका लागि डेब्यु गर्ने प्रबल सम्भावना छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: