स्याङ्जामा ‘फुड बैंक’ संचालनमा

स्याङ्जा, १८ भदौ । लामो समयदेखिको कोरोना कहरबाट दैनिक गुजारा चलाउन हम्मेहम्मे भएका परिवारलाई लक्षित गरेर स्याङ्जामा खाद्य सामग्री वितरण तथा संकलन केन्द्र ‘फुड बैंक’ संचालन गरिएको छ ।

पहिलो पाईला नेपाल जिल्ला शाखा स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. १ शहिदचोकमा ‘फुड बैंक’ संचालनमा ल्याएको हो । “हुनेले दिएर जाऔं, नहुनेले लिएर” भन्ने अभियान अन्र्तगत ‘फुड बैंक’ संचालन गरिएको छ ।

“कोरोनाले त्रसित बनेको बेला मजदुरी गरेर खाने वर्गलाई लक्षित गरेर खाद्य सामग्री वितरण गर्न थालेका हौं ।” पहिलो पाईला नेपालका सदस्य झलक अर्यालले भने, “संस्थाका सदस्य, शुभेक्छुक र स्थानीय व्यवसायीको सहयोगमा अभियान संचालन गरेका छौं ।”

बुधबारबाट संचालनमा आएको ‘फुड बैंक’ बाट करिब १ परिवारले खाद्यान्न सामग्री लगेको संस्थाले जनाएको छ । संस्थाले हाल दाल, चामल, नुन, तेल र तरकारीजन्य सामग्री वितरण गरेको छ । सहयोग प्राप्त भईरहे अभियानलाई निरन्तरता दिदै जाने संस्थाले जनाएको छ ।

अभियान संचालन भएपछि जिल्ला सदरमुकाममा दैनिक ज्यालादारी गरेर गुजारा चलाउँने परिवारलाई सहज भएको स्थानीयले बताए । उनीहरुका अनुसार पूर्ण रुपमा काम बन्द भएका परिवारलाई अभियानले ठूलो राहत पुगेको छ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: