बेंगलुरुमा सेप्‍टेम्बर ७ देखि मेट्रो रेल सञ्‍चालन हुने

एजेन्सी । भारतको बेंगलुरुमा सेप्‍टेम्बर ७ देखि मेट्रो रेल सञ्चालनको तयारी थालिएको छ । तर, रेल सञ्‍चालनसँगै केही प्रावधानहरु पनि तोकिएका छन् । 

बेंगलुरु मेट्रो रेल कर्पोरेसनले बेंगलुरु सहरको नम्मा मेट्रो रेल सेवा ७ सेप्टेम्बरबाट पुनस् नियमिह हुन थालेको जनाएको छ । तत्कालका लागि मेट्रो सेवा बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म सञ्‍चालन हुनेछ ।

मेट्रो ट्रेन हरेक ५ मिनेटमा यात्रुले उपभोग गर्न पाउने कर्पोरेसनले जनाएको छ । ७ सेप्‍टेम्बरबाट बैजनी ९पर्पल० तथा ९ सेप्टेम्बरबाट हरियो ९ग्रिन० लाइनमा रेल सेवा सुरु गरिनेछ । यसमा यात्रा गर्ने स्मार्ट कार्डका उपभोक्ता मात्र रहनेछन् । रेल्वे स्टेसनमा हुने टोकन प्रणाली बन्द गरिएसँगै स्मार्ट कार्ड रहेका व्यक्तिले मात्र मेट्रो ट्रेन चढ्न पाउनेछन् । 

यस्तै सबै यात्रुले मास्क लगाउन अपरिहार्य रहेको कर्पोरेसनले जनाएको छ । यस्तै एकपटकमा एउटा रेलमा चार सय यात्रुले मात्र यात्रा गर्न पाउनेछन् । 

मेट्रो कर्पोरेसनका एक वरिष्ठ अधिकारीले समाचार एजेंसी एएनआईसँगको कुराकानीमा भनेका छन् कि ११ सेप्‍टेम्बर २०२० बाट मेट्रो ट्रेन बिहान ७ देखि राति ९ बजेसम्म चलाउने लक्ष्य राखिएको छ । यसअघि दिल्ली मेट्रोले पनि सबै यात्रुका लागि यस्तै नियम जारी गरेको थियो । (बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: