बार्सिलोनाले प्रशिक्षक किके सेटिएनलाई बर्खास्त


काठमाडौं । 

स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको छ । सेटिएनलाई बार्सिलोनाले गत जनवरी महिनामा अर्नेष्टो भालभर्देको स्थानमा प्रशिक्षक नियुक्त गरेको थियो ।

तर यसै साता युएफा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्यूनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई हटाउने निर्णय गरेको हो ।

बायर्नसँग ८–२ ले पराजित भएपछि बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमै खराब किर्तमान आफ्नो नाममा राखेको थियो ।

यो सिजन बार्र्र्सिलोनाले घरेलु तथा अन्तराष्ट्रिय कुनै पनि उपाधि जित्न सकेन । ६१ वर्षिय सेटिएन बर्खास्तीमा परेपछि बार्सिलोनाले अब कसलाई प्रशिक्षक बनाउछ भनेर विश्व फुटबल बजारमा चासो बढेको छ ।

संभावित प्रशिक्षकहरुको सूचीमा नेदरल्याण्ड्सका रोनाल्ड कोम्यान अग्र स्थानमा रहेका छन् । एजेन्सी 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: