अवैध सम्बन्धले निम्त्याएको फिल्मी शैलीको हत्या !

२७ साउन । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो ।

मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो ।

जब मृतकको पहिचान भयो, चितवनबाट कल्पना मुडवरी पौडेल पक्राउ परिन् । प्रहरीले उनको विवरण तत्काल सार्वजनिक गरेन, किनकी हत्यामा अरु पनि संलग्न हुनसक्छन् र पौडेलबाट सूचना लिएर उनलाई पक्राउ गर्न सकियोस् भन्ने प्रहरीको अपेक्षा थियो ।

तर पौडेलसँगै उनका छोराछोरीको बयान, घटना भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड (सीडीआर) लगायत सबैले घटनामा उनको मात्र संलग्नता देखिएको छ ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘जुन प्रकृतिले हत्या भएको छ, त्यसमा उनको मात्र संलग्नता विश्वास गर्न गाह्रो थियो । तर पौडेलको बयानले हामीलाई नै चकित बनाइदियो ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘यो अपराधको कथा भारतीय सिरियल क्राइम पट्रोल, डायल १०० हरुमा देखाइने घटना जस्तै छ ।’

अपराधस्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरुको उपस्थिति हुनसक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको छ ।

उनीसँगै १५ वर्षीया छोरी पनि पक्राउ परेकी छन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । एसएसपी ज्ञवालीका अनुसार उनले शव व्यवस्थापनमा आमालाई सघाएकी छन् । सँगै रहेको छोरा उनीभन्दा कम उमेरका छन् भने घटनाबारे कुनै जानकारी छैन ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: