६० प्रतिशत संक्रमितको ‘ट्राभल हिस्ट्री’ बारा, पर्सा र भारत

 

२७ साउन। भारतको विहारबाट २९ वर्षीय एक युवक गत साता काठमाडौं आइपुगे । नागढुंगा नाकामा स्वाब दिएका उनको दुई दिनपछि पोजेटिभ रिपोर्ट आयो । उनले फारम भर्दा टिपाएको नम्बरमा डायल गर्दा फोन नलागेपछि उनी दुई दिनसम्म सम्पर्कविहीन भए ।

कवाडी सामानहरु संकलन गर्ने ती युवक दुई दिनपछि सार्वजानिक यातायात चढेर अस्पतालको सम्पर्कमा पुगे ।

यो घटना ईडीसीडीका लागि पहिलो होइन । पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुरमा यस्ता घटना दोहोरिन थालेको सम्बन्धित जिल्लाका जिल्ला जनस्वास्थ्य अधिकारीहरु बताउँछन् ।

‘उपत्यका बाहिरबाट आएका मानिसहरुले संक्रमण नसारेको भए अहिले यो अवस्था आउने थिएन’ स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, ‘सीमा नाका कडाइ गर्न सकेके भए उपत्यकामा यस्तो भयावह अवस्था आउने थिएन ।’

डा. गेलालले भनेजस्तै बाहिरबाट संक्रमित मानिसहरु छिरेर उपत्यका जोखिम बढेको हो त ?

जनस्वास्थ्य कार्यालय, काठमाडौंको तथ्यांक अनुसार गएका १० दिन -साउन १५ गतेदेखि २५)मा ४७६ जना संक्रमित भेटिए । उनीहरुमध्ये २७२ जना उपत्यका बाहिरबाट यात्रा गरेर आएका थिए । उनीहरुमध्ये पनि १७ जना त छिमेकी मुलुक भारतबाट तराईका जिल्लाहरु पार गरेर हालसालै काठमाडौं आएका थिए ।

‘यस्ता संक्रमितमध्ये कसैलाई तरकारी बेच्न हिँडेका बेला त कसैलाई कवाडी संकलन गर्न हिँडेका बेला अस्पताल पुर्‍याइएको छ’ ईडीसीडीका एक कर्मचारी भन्छन्, ‘उनीहरुको ‘क्लोज कन्ट्याक’मा आएकामा पनि संक्रमण देखिएको छ ।

जनस्वास्थ्य, ललितपुरका अनुसार जिल्लामा सोमबारसम्म १५७ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ५९ जना गएका १० दिनमा भेटिएका हुन् । ५९ मध्ये ३७ जना उपत्यका बाहिरबाट ट्राभल गरेर आएका थिए, जसमा भारतीय पनि छन् ।

भक्तपुरमा साउन २५ गतेसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४९ जना उपत्यका बाहिरबाट ट्राभल गरेर आएका छन् भने ३६ जना यहीँका बासिन्दा । ट्राभल गरेर आएका ४९ जनामध्ये ३ जना भारतबाछ आएका छन् । गएका १० दिनमा मात्रै भक्तपुरमा २९ जनामा संक्रमण पुष्टि भयो, जसमध्ये १९ जना त उपत्यका बाहिरबाट ट्राभल गरेर आएका थिए ।सरकारी तथ्यांकअनुसार गएका १० दिन -मंगलबार बाहेक) मा उपत्यकामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुमध्ये ३२८ जनाको उपत्यका बाहिरको ट्राभल हिस्टी छ । उनीहरुमध्ये पनि २२ जना त भारतबाट हालै मात्र आएका छन् । यो तथ्याकंले उपत्यका बाहिरबाट जाँच नगरी काठमाडांै छिर्नेहरुका कारण उपत्यका संक्रमणको जोखिममा रहेको देखाउँछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: