राजस्व संकलनमा केही सुधारः साउनमा ६३ अर्ब रुपैयाँ राजस्व संकलन


काठमाडौं । 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६३ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार चालु आर्थिक वर्ष सुरु भएयता आज सम्म ६३ अर्ब ३६ करोड ४३ लाख बराबर राजस्व संकलन भएको हो ।

यस्तै यस अवधिमा खर्च भने २ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ मात्र भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा आजसम्म कुल लक्ष्यको ६।२६ प्रतिशत राजस्व संकलन भएको हो ।

अघिल्लो वर्षको यसै अवधिमा ७१ अर्ब ३० करोड राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने सरकारी लक्ष्य थियो ।

यस्तै अघिल्लो वर्षको यसै अवधिमा ६ अर्ब ५५ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याकं छ ।

कार्यालयको तथ्याकं अनुसार यस अवधीमा १ अर्ब ८९ करोड ८० लाख रकम चालु खर्च भएको छ भने पुँजीगत खर्च जम्मा १३ करोड ३३ लाख खर्च भएको छ ।

वित्तिय व्यवस्था तर्फ भने ११ करोड ७५ लाख रकम खर्च भएको छ । लकडाउन केही खुकुलो भएपछि आर्थिक वर्ष सुरुभएयता राजस्व संकलनमा सुधार आएको बताईएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: