आन्तरिक उडान असोज १ गतेबाट मात्र खुल्ने

काठमाडौं । सरकारले आन्तरिक उडान असोज १ गतेबाट मात्र खुलाउने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडान खुलाउने मिति पुनः सारिएको हो।

यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको थियो। त्यसपछि पनि कोरोना संक्रमण बढेको भन्दै पुनस् भदौ १६ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो।

तर उपत्यकाका ३ जिल्लामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म रहने र अधिकांश जिल्ला तथा स्थानीय तहको लकडाउन जारी रहेका कारण भदौ १६ बाट पनि आन्तरिक उडान खुल्न नसक्ने निश्चित भएको थियो। 

यसअघि निजी हवाई सेवा प्रदायक कम्पनीले भदौ १६ गतेबाट उडान सुरु नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: