फिफा वरीयतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । गत महिना १७० औं स्थानमा रहेको नेपाल फिफाले बिहीबार निकालेको वरीयतामा पनि १७० औं स्थनमा रहन सफल भएको छ । 

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।

दक्षिण एसियाली राष्ट्रको भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १०९ औं स्थानमा रहँदा माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प छ । जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: