पाराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा

काठमाडौं, असोज १२ । कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द पाराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

सरकारले आन्तरिक उडान सुरु गरेसँगै पाराग्लाइडिङ व्यावसायिकरुपमा सञ्चालनमा आउने भएको हो ।

अहिले परीक्षणकालकारुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गर्दै १५ असोजबाट व्यावसायिकरुपमा पाराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए।

पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए।

‘लकडाउन’को अवधिमा पोखरामा व्यावसायिकरुपमा पाराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको नाकाका महासचिव बलराम आर्चायले बताए । अहिले परीक्षणकालमा रहेका पाराग्लाइडिङ सुरक्षाका निश्चित मापदन्ड अपनाएर सञ्चालन भइरहेका छन् ।

पाराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसनअफ इरोनेटिक इन्टरनेसनल ९एफएआई०काअनुसार पोखरा पाराग्लाइडिङको उत्कृष्टमध्येको एक गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती रहेका छन् । पोखराका सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ ओटा कम्पनीले दैनिक पाराग्लाइडिङ उडाउने गर्दछन् ।

सुरुआती दिनमा विदेशी पाइलटले धानेको पाराग्लाइडिङ अहिले ३०० भन्दा बढी नेपाली पाइलट छन् । पाराग्लाइडिङबाट झन्डै दुई हजारजनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: