मकवानपुरमा ३७ जनामा कोरोना संक्रमण पुष्टि




२९ साउन, हेटौंडा । मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए ।


क्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना छन् ।


यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् ।


यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका १० जना पनि संक्रमित भएका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: